२०७८ असोज ८ गते शुक्रवार

नागरिक समाज दाङको संयोजकमा के.वि मसाल



२२ फागुन,घोराही/ नागरिक समाज दाङको आज घोराहीमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले केवि मसालको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।

जस्को उपसंयोजकमा निमबहादुर थापा, कोषाध्यक्षमा हरिलाल विश्वकर्मा र सचिवमा हरिप्रसाद पाण्डे चयन हुनु भएको छ ।

सदस्यहरुमा नारायनप्रसाद श्रेष्ठ, चक्रबहादुर विश्वकर्मा, भुपेन्द्र सुवेदी, नवराज श्रेष्ठ रहनु भएको छ । यस्तै सदस्यमै श्रीमन न्यौपाने, दामोदर भण्डारी, रामदायल गुप्ता र शंकर पाण्डेलाई चयन गरिएको छ ।

१५ सदस्यीय कार्यसमितमा बाकी ४ सदस्य समावेशीताको आधारमा महिलालाई थप्ने निर्णय भएको समाजले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्