२०७८ बैशाख ५ गते आइतवार

लेखक संघ दाङले संघका सल्लाहकार प्रा. पौडेलको स्मृतिग्रन्थ प्रकाशन गर्ने



२२ फागुन । लेखक संघ दाङले आज संघका पुर्व सल्लाहकार तथा विशिष्ट विद्धान स्वर्गीय प्राध्यापक गदाधर पौडेलको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा बसेको सो बैठकले वरिष्ठ साहित्कार डा. कृष्णराज डिसीको सम्योजकत्वमा ७ सदस्य स्मृति ग्रन्थ प्रकाशन समिति गठन गरेको छ । जसमा डा. सरस्वती पोख्रेल, डा. हिमलाल पन्थी, डा. गोविन्द आचार्य, उप प्रध्यापक हरीलाल पौडेल, साहित्यकार सरिता देवकोटा र स्वर्गीय गदाधर पौडेलका जेष्ठ सुपुत्र केशव कुमार पौडेल र डिल्लीराज श्रीधर सदस्य रहनुभएको छ ।


त्यस्तै संघले प्रध्यापक पौडेलका अप्रकाशित कृतिहरुको खोज गरि यथासिग्र उक्त कृति प्रकाशनको लागि साहित्यकार गंगामनी शर्माको सम्योजकत्वमा ५ सदस्यीय प्रकाशन समिति गठन गरेको छ । जसका सदस्यहरु सह प्रध्यापक डा. गणेश पाण्डे, सह प्रध्यापक नारायण नेपाल, सह प्रध्यापक पुष्पप्रकाश ज्ञवाली र सह प्रध्यापक निल प्रसाद सापकोटा रहनुभएको छ । यी दुवै समितिलाई आवश्यक सल्लाह दिनको लागि खगराज न्यौपाने, शंकर पौडेल, गणेश विशम, लेखनाथ आचार्य, भिमकान्त आचार्य र उत्तमकृष्ण मजगैयालाई सल्लाकारको रुपमा राख्ने निणर्य भएको कुरा लेखक संघ दाङले बताएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्