२०७८ साउन १९ गते मङ्गलवार

शान्ति समाजको वरिष्ठ केन्द्रिय उपसभापतिमा दाङका बस्नेत



२२ फागुन,घोराही/
मानव अधिकार तथा शान्ति समाजको वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत निर्बिरोध निर्बाचित हुनुभएको छ । कास्कीको पोखरामा फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद् बैठकबाट बस्नेत निर्बिरोध निर्बाचित हुनुभएको हो ।

२०५३ सालमा वरिष्ठ मानब अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वमा शान्ति समाज स्थापना भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् आगामी बर्ष कपिलवस्तुमा हुने भएको छ ।

नव निर्बाचित वरिष्ठ केन्द्रिय उपसभापति बस्नेत २ दशक देखि शान्ति निर्माण,लोकतन्त्र,अहिसा र मानव अधिकारको संरक्षण र प्रबर्द्धनमा सकृय रुपमा लाग्नुभएको छ । बस्नेत लामो समय देखि पत्रकारिता क्षेत्रमा पनि सकृय रहनुभएको छ ।

दाङ शाकाका पुर्ब सभापति निर्मल नेपाली ( समाबेशी दलित सचिब )मा निर्बिरोध निर्बाचित हुनु भएको छ । देशका ३८ जिल्लाका ३ सय बढी प्रतिनिधि परिबेक्षक सहभागी भएको केन्द्रिय अधिबेशनले २ बर्षे कार्यकालका लागि २७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस्