२०७८ कार्तिक ९ गते मङ्गलवार

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै, सांसदको कित्ता क्लियर हुँदै



२१ फागुन,काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दैछ । दाहाल-नेपाल समूहले संसद सचिवालयमा आज दिउँसो १ बजे बैठक बोलाएको हो । संसदीय दलको बैठकमा दाहाल-नेपाल समूहले ओली समूहका सांसदहरूलाई पनि एसएमएस गरेर बैठक सहभागी हुन बोलाएको सांसद विरोध खतिवडाले बताए ।

बहुमत पुर्‍याउनका लागि दाहाल-नेपाल र केपी शर्मा ओली समूहबीच सांसद तानातानको स्थित छ । केही दिनअघि देखि सांसद किन्‍नका लागि चलखेल भएको खबर पनि सार्वजनिक भएको थियो । आजको बैठकदेखि को सांसद कुन समूह छन् भन्‍ने कित्ता क्लियर हुनेछ ।

त्यस्तै ओली समूहले पनि भोलि संसदीय दलको बैठक बोलाएको छ । यो समूहले पनि दाहाल-नेपाल निकटका सांसदलाई एसएमइसबाट बैठकमा बोलाएको छ ।” ओली समूहले हामीलाई पनि म्यासेजबाट भोलिको बैठककव लागि बोलाएका छन्” सांसद खतिवडाले इकागजसँग भने ” कुन समूहमा कति सांसद हुन्छन् अब क्लियर हुन्छ ।”

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्