२०७८ कार्तिक १ गते सोमवार

प्रतिबन्ध फुकुवापछि शहीद परिवारलाई भेटेर काठमाडौं जाँदै विप्लव



२१ फागुन,घोराही । सरकारले प्रतिवन्ध फुकुवा गरेपटि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् ।

सरकारले बिहीवार विप्लवसमूहमाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको थियो ।

प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ ।

सोही कार्यक्रमका लागि विप्लव काठमाडौं जान लागेका हुन् ।

प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्