२०७८ साउन १९ गते मङ्गलवार

नसर्ने रोगबाट बच्न खानपिन र बानि व्यवहारमा ध्यान दिन चिकित्सकको सुझाव



२० फागुन,घोराही।
नसर्ने रोगबाट बच्न खानपिन र बानि व्यवहारमा ध्यान दिन एक कार्यक्रममा सहभागी चिकित्सकहरुले सुझाव दिएका छन् । लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज घोराहीमा गरिएको प्रत्रकार अन्तरक्रिया कार्यक्रम बोल्ने स्वास्थ्यकर्मीहरुले यस्तो सुझाव दिएका छन् ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गीरीको अध्यक्षतमा गरिएको कार्यक्रममा बोल्दै डा. एलबि बस्नेतले ६६ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण हुने गरेको बताउनु भयो ।

विश्वमा वर्षेनी ४ करोड १० लाख मानिसको नसर्ने रोगकै कारण वर्षेनी मृत्यु हुने गरेको भन्दै यसलाई घटाउन खानपिन र बानि व्यवहारमा ध्यान आग्रह गर्नुभयो । यस्तै लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गीरीले स्वस्थ्य खाना खाने, मैदाबाट बनेका परिकार कम खाने, नियमित रुपमा शारीरिक व्यायम तथा कसरत गरेमा नसर्ने रोगबाट बच्न सकिने उहाँले बताउनुभयो ।

नसर्ने रोगको बढ्दो दरलाई नियन्त्रण गर्न मद्यपान, धूम्रपान तथा सूर्तिजन्य पदार्थ शेवनमा पनि कमी ल्याउन आवश्यक रहेको उहाँले बताउनु भयो । यस्तै उहाँले नसर्ने रोग अन्तरगतको दमको विरामीहरुका लागी लुम्विनी प्रदेशमा वर्षिक रुपमा ५० हजार रुपैया सम्म उपचार शुल्क छुट दिने गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले कोरोना संक्रमणको समयमा मृत्यु भएकाहरुमध्ये पनि अधिकांश नसर्ने रोगका विरामीहरु रहेको भन्दै यस्ता रोगहरुबाट बच्न सरफाई, स्वस्थकर खाने, शारीरिक व्यायम तथा कसरतमा ध्यान दिन आवश्यक रहेको उहाँले बतउनुभयो ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयका शिक्षा स्वास्थ्य अधिकृत नेत्र अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय दाङका प्रशासन निर्देशक बामदेव शर्माले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्