२०७८ कार्तिक ९ गते मङ्गलवार

दुई वर्षको अवधिमा सल्यानमा ४० जना विप्लब कार्यकर्ता पक्राउ



२० फागुन,सल्यान ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको दुई वर्षमा सल्यानमा ४० जना विप्लब कार्यकर्ताहरु पक्राउ परेका छन् ।

दुइ वर्षको अवधिमा सल्यानका विभिन्न स्थानबाट १ महिला र ३९ जना पुरुष गरि ४० जना विप्लब कार्यकर्ताहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका मध्य १ जना हाल हिरासतमा रहेको र अदालतमा पेश गर्ने अन्तिम तयारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य कतिपयहरुको मुद्धा फैसा भइ सकेको र कतिपय धरौटीमा रिहा भइ सकेका छन् ।

विप्लव नेतृत्वको नेकपा माथि सरकारले २०७५ फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको थियो । हाल आएर भने विप्लव नेतृत्वमाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्