२०७८ साउन १३ गते बुधवार

घोराहीका २२ हजारलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी



२० फागुन,घोराही ।
घोराही उपमहानगरपालिकाले तेस्रो चरणमा झण्डै २२ हजार व्यक्तिलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

यही फागुन २३ गते सुरु गरिने तेस्रो चरणको कार्यक्रममा २१ हजार ९ सय १६ जनालाई कोरोना बिरुद्ध खोप लगाउने तयारी भएको जनस्वास्थ्य प्रर्बद्धन शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।

जस अनुसार ६५ बर्ष माथीका १८ हजार ९ सय ९३ जना, ६५ बर्ष मुनिका २ हजार ७ सय ९६ जना शिक्षक तथा प्राध्याक र एक सय २७ पाहिलो र दास्रो चरणमा छुटेकालाई खोप दिइने भएको उहाँको भनाई छ ।

खोप लगाउनका लागि ३२ वटा खोप केन्द्र तोकिएको र ४ सय ३५ जना स्वयसेवक खटिने भएका छन् । पहिलो चरणमा एक हजार ६५ जना र दोस्रो चरणमा एक हजार २ सय ३२ जना गरि २ हजार ४ सय ९७ जनाले खोप लगाई सकेको स्वास्थ्य शाखाले जनाएको छ ।

खोप अभियानका बारेमा स्वास्थ्य शाखाले नगर कार्यपालिकाका सदस्यहरुलाई स्वास्थ्य शाखाले जानकारी दिएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले निर्धक्क भएर खोप लगाउन लक्षित समुदायलाई आग्रह गर्नुभयो । चिकित्सकहरुको सल्लाह अनुसार खोप लगाउन आग्रह गर्नुभएको हो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्