२०७८ कार्तिक ९ गते मङ्गलवार

दाङका कृष्णको विभत्स हत्या गर्ने कल्पनालाई आजीवन जेल



२० फागुन,घोराही ।
दाङका कृष्णबहादुर बोहराको गोंगबुमा विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् । सोही घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको अदालत स्रोतले जनाएको छ ।

नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो । साथै, अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्