२०७८ बैशाख २ गते बिहिवार

दाङमा हवाई इन्धन डिपो स्थापना गर्न समस्या



२० फागुन,दाङ।
दाङमा हवाई इन्धन डिपो स्थापना गर्न जग्गा नहुँदा समस्या भएको छ । हवाई ईन्धन डिपो स्थापनाका लागि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा डिपो स्थापनामा प्रक्रियागत ढिलाई भएको नेपाल आयल निगमले जनाएको छ ।

फागुनको अन्तिम सातासम्म हवाई इन्धन डिपो स्थापना गर्ने गरी नेपाल आयल निगमले गत मंसिर महिनामा आवश्यक प्रक्रिया अगाडी बढाईसकेको थियो । तर डिपो स्थापनाको कार्य अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

हवाई ईन्धन डिपो स्थापनाका लागि आवश्यक पर्ने जमिनको उचित व्यवस्थापन हुन नसक्दा डिपो स्थापना गर्ने समय निश्चित नभएको नेपाल आयल निगम एभियसन विभागका निमित्त निर्देशक नेत्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । डिपो स्थापनाका लागि आवश्यक अध्ययन, अनुसन्धानका कामहरू भएपनि केहिलेसम्म स्थापना गर्ने भन्नेबारे अझै टुगो नलागेको उहाँको भनाई छ ।

डिपो स्थापना गर्नका लागि कम्तीमा दश कठा क्षेत्रफल भएको जमिन आवश्यक पर्ने भए पनि एयरपोर्ट क्षेत्रमा त्यो व्यवस्था नहुँदा प्रक्रियामा समस्या आएको हो । अहिले पाँच कठ्ठा जमिनमात्र डिपोको लागि उपलब्ध भएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्