२०७८ कार्तिक ९ गते मङ्गलवार

तुलसीपुरमा सम्पन्न खुला भलिबल प्रतियोगिताको उपाधी पश्चिम रुकुमलाई



१९ फागुन, दाङ । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुम ले हात पारेको छ।

प्रतियोगिता को बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई २७-२५,२२-२५,१५-२५,२५-१९ र १५-११ अर्थात ३-२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो । उल्लेख्य दर्शक ले खचाखच भरिएको तुलसिपुर अरनिको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्त मा उत्रेको पश्चिम रुकुम ले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाईनलमा हार ब्यहोरेको डल्फिन फिड उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा पिवाईसी रुकुम तृतीय भयो भने हिरा डागी फाउन्डेसन ले सान्त्वना स्थान हात पार्‍यो । दुबै टिम मा रास्ट्रीय खेलाडिको वर्चस्व रहेकाले फाईनल खेल निक्कै कडा प्रतिस्पर्धा र रोमाञ्चक भएको थियो ।

प्रतियोगिता अबधिभर रेफ्री को भुमिकामा रास्ट्रीय रेफ्री हरिश ओलि, प्रदेश रेफ्री भरत कवर,लिला पुन, धनमाया बोहरा,स्कोरर मा भलिबल सहायक प्रशिक्षक भिम बहादुर डागी र रितु चन्द, अर्जुन रोका रहनु भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका बेस्ट प्लेर खेलाडी पश्चिम रुकुमका विशाल बिक, राईजिङ प्लेयर पिवाईसी रुकुमका दिनेश बाठा,बेस्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी,बेस्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर,बेस्ट ब्लकर कैलाली कै हेमन्त मल्ल,बेस्ट स्पाईकर दुर्गा बहादुर सुनार बेस्ट कोच डल्फिन कैलाली का ज्ञानेन्द्र बिस्ट घोषित भए ।

कार्यक्रमा रास्ट्रीय खेलकुद परिषद तालिम तथा प्रशिक्षण बिभाग का निर्देशक अर्जुन बिक,क्षेत्रीय भलिबल संघ का अध्यक्ष देबेन्द्र बैरागी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम को संचालन महासंघ का केन्द्रीय महासचिव बिनोद चन्द ले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्