२०७८ जेष्ठ २ गते आइतवार

सल्यानमा वनमा सल्किएको आगो बस्तीमा पुग्यो, ३ घर जलेर नस्ट



१९ फागुन,घोराही ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे दुदिल्य बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट दुइवटा खरको छाना र एउटा टिनको छाना भएको घर जलेर नस्ट भएका छन् ।

हिजो दिउँसो स्थानीय रैजेखोला चौखेढुंगा वनबाट सुरु भएको आगो मानव बस्तीमा पुग्दा स्थानीइ ददिराम खत्रीका दुइ घर र मोहलाल शर्मका एउटा घर जलेर नस्ट भएका हुन् । आगलागीबाट घरमा भएको अन्नपात, तत्ताकपडा लगाएतका सामान जलेर नस्ट भएका छन् ।

त्यस्तै वनबाटै फैलिएको आगलागीबाट स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरेका छन् । आगलागीले वन क्षेत्र सखाप समेत पारेको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुुभयो ।

दिउँसो ३ बजेबाट सुरु भएको आगलागी राती १० बजेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएपनि फेरी आज बिहानैबाट वनक्षेत्रमा आगलागी सुरु भएको उहाँले बताउनुुभयो । भिरालो घाँसे भुमी भएकोले आगलानी नियन्त्रण गर्न कठिनाइ भएको उहाँले बताउनुुभयो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्