२०७८ बैशाख १० गते शुक्रवार

घोराहीको सरस्वती मा.वि मा बृत्ति—मार्गनिर्देशन कार्यक्रम शुरु



१९ फागुन, दाङ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम आज बुधवारदेखि शुरु भएको छ । माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । आजदेखि कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई दुइ वटा समूहमा बिभाजन गरी तालिम दिन शुरु गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई सात दिनको प्रशिक्षण दिई तालिम प्राप्त वृत्ति मार्गनिर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।
वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइने कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मीले जानकारी दिनुभयो ।
आप्mनो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा ल्याएको रेग्मीले जानकारी दिनुभयो । १४ देखि १८ बर्षसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को अगुवाइमा सञ्चालनमा आएको हेल्भेटास नेपालको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाअन्तर्गत प्राविधिक तथा कार्यान्वयन साझेदार संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युटद्वारा वृत्ति–मार्गनिर्देशन कार्यक्रममार्फत विभिन्न सामुदायिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु भएको छ । यो कार्यक्रम दाङका ५ वटा सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्