२०७८ साउन १६ गते शनिवार

रामपुरमा जुनियर तेक्वान्दो ग्रेडिङ सम्पन्न



१९ फागुन,दाङ ।

दाङको रामपुरमा जुनियर तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । बुद्धिराम स्मृति तेक्वान्दो दोजाङ घोराही उपमहानगरपालिका वडा नं २ को आयोजनामा जुनियर तेक्वान्दो गे्रडिङ सम्पन्न भएको हो ।

ग्रेडिङमा ४३ जना खेलाडीले भाग लिएका थिए । जसमा १७ जना ह्वाइबेल्ट, ४ जना एलो बेल्ट, स्टेप ग्रीन वेल्टका १९ जना र ग्रीन बेल्ट ३ जना खेलाडीले भाग लिएका थिए । दोजाङ प्रमुख बिष्णु बहादुर घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रशिक्षक भूपेन्द्रबहादुर घर्तिल् प्रशिक्षण दिनु भएको थियो । जसमध्ये २ जनाले डवल प्रमोशन गरेको दोजाङ प्रमुख बिष्णुबहादुर घर्तिले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्