२०७८ बैशाख १० गते शुक्रवार

घरमा आगो लाग्दा प्युठानमा एक बृद्धको मृत्यु



१९ फागुन । प्युठानमा घरमा भएको आगलागीमा परि एक बृद्धको मृत्यु भएको छ। ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटमा आज विहान आगलागी हुँदा ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसारमा घरमा आगलागी भएपछि सामान निकाल्न जाँदा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ । घरका अन्य सदस्य बाहिर निस्किएको समयमा आज विहान करिब ७ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी निरीक्षक गैरेल बताउनुभयो ।

आगलागीबाट घरगोठ समेत पूर्ण रुपमा जलेको छ । परिवारमा विरकट्टाको श्रीमती, बुहारी र पाँच जना नातिनातिना रहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्