२०७८ बैशाख ५ गते आइतवार

ताप्लेजुङमा भीषण आगलागी, कम्तीमा ४० घर पसल खरानी



१८ फागुन । ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ । हालसम्म कम्तीमा ४० वटा घर र पसल नस्ट भएको छ ।

आगालागी नियन्त्रणको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० बालनरसिंह राणाले बताए ।

“आगो नियन्त्रण लिने प्रयासमा छौं, नियन्त्रण हुन लागेको छ”, डीएसपी राणाले देखापढीसँग भने, “प्रहरी, सशसत्र, नेपाली सेनासहित स्थानीयवासी आगलागी नियन्त्रणमा जुटेका छौं।”

आगलागीबाट हालसम्म मानवीय क्षति भने भएको छैन । धनमालको यकिन क्षति भन्न अहिले नै नसकिने अवस्था रहेको डीएसपी राणाले बताए ।

“अहिले आगलागी नियन्त्रणसँगै मानिसहरूको उद्दार गर्ने, घरघरबाट खाद्यन्नलगायतका दैनिक उपभोग्य वस्तु जोगाउने काम पनि भइरहेको छ र कति क्षति भयो भन्ने चाहिँ अहिले भन्न सकिने अवस्था छैन”, डीएसपी राणाको भनाइ छ।

आगलागीको कारण खुलेको छैन। आज बिहान करिब ९ बजेतिरदेखि आगलागी शुरू भएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

केही वर्ष अगाडि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि भीषण आगलागी भएको थियो । ५० भन्दा बढी घर जलेर नस्ट भएको थियो ।

सोही आगलागीको घटनालाई सम्झाउने गरिको आगलागी आज जिल्लाकै दोभान बजारमा भएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्