१८ फागुन । स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजार रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा ८८ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५५० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार २५० रुपैयामा कारोवार भएको थियो ।
यसैगरी चाँदी आज तोलामा ४० रुपैयाले घटेको छ । सोमबार एक हजार ३३० रुपैयामा कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २९० रुपैयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।