२०७८ साउन १८ गते सोमवार

भागरथीको परिवारलाई धमाधम आर्थिक सहयोग



१८ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई विदेशबाट आर्थिक सहयोग आउन थालेको छ । पछिल्लो समय कोरियामा रहेका नेपालीहरूले मात्र भागरथीको परिवारलाई दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छन् ।

गत माघ २१ गते बिहान विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या घटनापश्चात घरको पनि आर्थिक अवस्था कमजोर भन्ने समाचार बाहिरिएको थियो । घटनापछि सुदूरपश्चिम समाज कोरियाले ‘भागरथीकी आमाका आँशु पुछौँ’ अभियान शुरु गरेको थियो । उक्त अभियानमा कोरियामा रहेका १६९ सहयोगीहले स्वःस्फूर्तरूपमा सहयोग गरेका थिए ।

अभियानबाट कूल रू २७ लाख ३८ हजार ३९१ कोरियन वन रकम सङ्कलित भएको र सोही रकम भट्टको परिवारलाई हस्तान्तरण गरिएको सुदूरपश्चिम समाज कोरियाले जनाएको छ । भट्टको हत्यारा भनिएका एक किशोरलाई यसअघि नै प्रहरी सार्वजनिक गरिसकेको छ । रासस

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्