२०७८ कार्तिक १ गते सोमवार

विद्यार्थीलाई मोटिभेसन तालिम



 

१७ फागुन,घोेराही ।

घोराहीमा रहेको बियसआई ट्यूसन सेन्टरको आयोजनामा बिद्यार्थीको आत्म विश्वास बढाउने उद्देश्यले एक दिने मोटिभेसन तालिम सम्पन्न भएको छ । सेन्टरले बिद्यार्थीहरुको क्षमता विकास अभिवृद्धि गर्ने उद्देश्यले एक दिने यो तालिमको आयोजना गरेको हो । विद्यार्थीहरूको व्यक्तित्व तथा क्षमता विकासका साथै अध्ययनमा सहयोग पुगोस भन्ने उदेश्यले ट्यूसन सेन्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि तालिमको सन्चालन गरेको संस्थाका म्यानेजिङ डाइरेक्टर भानुभक्त बस्नेतले बताउनुभयो ।

तालिमका प्रशिक्षक डाक्टर चिन्तामणी योगीले बिद्यार्थीले आत्मविश्वास बढाउनुका साथै अनुसासन र मेहनतलाई सदैब आत्मसाथ गर्दै आफनो क्षमता विकास गर्न आवस्यक रहेको बताउनुुभयो । ट्यूसन सेन्टरका म्यानेजिङ डाइरेक्टर बस्नेतको अध्यक्षयतामा संचालन भएको कार्यक्रमको सहजिकरण बिनोद विबसले गर्नुुभएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्