१७ फागुन,घोराही ।
दाङमा मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्युभएको छ । घोराही उपमहानगरपालिका १८ नवलपुरमा रा ४ प ४७४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घोराही १७ असारे सिस्नेखोला निबासी १५ बर्षिया अमृता आचार्यको मृत्युभएको हो ।
हिन्दु बिद्यापिठमा अध्ययनरत आचार्य बिद्यालयबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका २ कालिमाटी निबासी २२ बर्षिय खगराज गिरीले चलाएको मोटरसाईकलले नवलपुरमा ठक्कर दिएको हो ।
ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार