२०७८ बैशाख २ गते बिहिवार

ब्राउनसुगर सहित पक्राउ परेकी तुलसा सङ्ग मेरो नाता सम्बन्ध छैन- पोख्रेल



१७ फागुन,घोराही । दाङको तुलसिपुरबाट लागू औषध ब्राउनसुगर सहित पक्राउ परेकी तुलसा पोख्रेल नाम दिइएकी महिला सङ्ग आफ्नो नाता समबन्ध नरहेको मदन पोख्रेलले जानकारी गराउनुभएको छ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायधिश समेत रहेका पोख्रेलले संचार माध्यममा आफ्नो नाम तुलसाको पतीको रुपमा जोडिएर आएको प्रती दुख प्रकट गर्नु भएको छ ।

तुलसा मेरो श्रीमती थिइन तर २०७३ सालमा उनको र मेरो बिच अंश सहित सम्बन्ध बिच्छेद भइ सकेकाले हाल तुलसा मेरी श्रीमती होइनन पोख्रेलले भन्नू भयो ! संचारकर्मीले वास्तविक बुझेर समाचार सम्प्रेसन गर्नु पर्ने उहाँले बताउनु भयो । तुलसाको म सङ्ग कानुनन पति पत्नीको सम्बन्ध नरहेको बताउनुुभयो ।

तुलसा तुलसिपुरको रतननाथ टोलबाट २ ग्राम २६ मिलीग्राम लागूऔषध ब्राउनसुगर सहित आइतवार पक्राउ परेकी हुन । उनलाइ जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसिपुरको सयुँक्त टोलीले उनकै घर बाट पक्राउ गरेको हो । पक्राउ परेकी ४२ वर्षीया  पोखरेललाई प्रहरीले म्याद थपका लागि घोराही जिप्रका ल्याएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्