२०७८ जेष्ठ २ गते आइतवार

दाङमा ब्राउनसुगर सहित एक महिला पक्राउ



 १६ फागुन,घोराही।
दाङको तुलसीपुरबाट लागुऔषध ओसारपसारको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ निवासी तुलसा पोख्रेल रहेको प्रहरीले बताएको छ ।

स्कुटरको डिक्कीमा लागुऔषध राखेर ओसारपसार गरिरहेको अबस्थामा आज दिउसो पक्राउ गरिएको प्रहरीले बताएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्