२०७८ बैशाख ६ गते सोमवार

व्यक्ति हत्यामा १५ बर्ष कैद तोकिएका खत्री १७ बर्षपछि पक्राउ



१६ फागुन,घोराही।
व्यक्ति हत्या मुद्धामा १५ बर्ष कैद तोकिएका एक जनालाई दाङमा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ११ कटाहका ५५ बर्षिय लिलाबहादुर खत्रीलाई २०६१ साल चैत्र १९ गते व्यक्ति हत्या गरेको सर्वोच्च अदालतबाट ठहर भई १५ बर्षको कैद फैसला भएको थियो ।

तर खत्री घटना पश्चात फरार भई भारतको चण्डीगढमा बस्दै आएको र अहिले छोराको तिथीमा घर फर्किएको अबस्थामा प्रहरीले पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ ।

तत्कालिन अबस्थामा तुलसीपुर ११ कटाहमा घरभएको तर अहिले वडा नम्बर १० राईखल्यानमा नयाँ घर बनाएको र घर आएको अबस्थामा पक्राउ गरि दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

यसैविच अदालत र प्रशासनबाट अपराधमा दोषि ठहर भएका तर फरार रहेका मध्य चालु आर्थिक बर्षको ८ महिनामा ४९ जना पक्राउ गरेका छन् । उनिहरुलाई आबस्यक कैद तथा जरिवाना भुक्तानीका लागि अदालतमा बुझाईएको समेत प्रहरीले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्