२०७८ असोज ११ गते सोमवार

पश्चिम नेपाल शैक्षिक परामर्श संगठन गठन



१५ फागुन,घोराही । दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन (डब्लुयनसिओ) गठन गरिएको छ । जिल्लामा रहेका शैक्षिक प्रामर्श संस्थाहरुको सहकार्यमा संगठन गठन गरिएको हो । जसको अध्यक्षमा मितेरी एजुकेशन नेपाल घोराहीका कुलदिप शर्मा रहनुभएको छ । संगठनको उपाध्यक्षमा क्योदाई मल्टिप्रपोज घोराहीका सुर्य बहादुर के.सी, सचिबमा मिलिजुली एजुकेशन तुलसीपुरका शौरभ शर्मा, सह–सचिबमा गोयल एजुकेशन लमहीका पोशन अधिकारी, कोषाध्यक्षमा ओसिस एजुकेशन तुलसीपुरका प्रकृत रेग्मी रहनुभएको छ ।

त्यसैगरि सदस्यहरुमा सेवा एडुकेयरका मनोज पौडेल, फुजी ईन्टरनेशनल घोराहीका लक्ष्मण प्रसाद शमा, ओपन स्काई तुलसीपुरका सन्तोष सुनार र आहायोउ जापानिज ल्याङगोविजका ललित कुमार ओली रहनुभएके छ ।
घोराहीमा सम्पन्न बैठकबाट संगठनको सल्लाहकारका रुपमा एड्भान्स ऐकेडेमी घोराहीका छबि गिरी र राईट पाप तुलसीपुरका मेघराज ओली रहनुभएको छ ।

आज शनिबारको भेलामा संगठनको कार्यसमिति सदस्यमा फस्ट स्टेप ऐडुकेशन घोराहीका शन्तोष गिरी, ओहायो जापानिज ल्याङगोविजका प्रशान्त कवर, कियोदय मल्टिप्रपोज कन्सल्टेन्सीका घोराही महेश वि.क , साकुरा ल्याङगोविजका मदन भुुसाल,रिडमोर इडुब्रिजका बिर बहादुर जि.सी, ईनर्जी एजुकेशन एण्ड् करियरका निर्मल न्यौपाने,मुनलाईट ल्याङगोविजका नबराज भुसाल,सनराईज एजुकेशन कन्सल्टेन्टिका बबिन भण्डारी र मिराइ ईन्टरनेशनल जापानिज ल्याङगोविजका रमेश गौतम रहनुभएको छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्