२०७८ असार १० गते बिहिवार

दाङका प्रमुख जिल्ला अधिकारी आचार्यको ५ महिनामै सरुवा



१४ फागुन, घोराही । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ४० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् । दाङका प्रजिअ आचार्यको गृह मन्त्रालयमा काज सरुवा भएको छ । गएको असोजमा आएका आचार्य करिब पाँच महिना दाङ बसे । उनले दाङका १० वटा क्रसर उद्योेग बन्द गराएका थिए ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्