२०७८ साउन १६ गते शनिवार

तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, नष्ट गरियो साढे १२ हजार बढी कुखुरा



१४ फागुन,घोराही । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू देखिएपछि बिहीवार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा, ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना नष्ट गरिएको हो ।

यस्तै सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला र ७५० किलो दाना, सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र एक हजार ७ वटा लोकल कुखुरा, शान्ता खनालको १०० वटा लोकल कुखुरा र २ वटा टर्की समेत मारेर नष्ट गरिएको छ ।

तारकेश्वर नगरपालिका–१ मा यसअघि पनि बर्ड फ्लु देखिएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्