१२ फागुन,घोराही । गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ। यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेमा परिणत गरेको हो।
बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन्। दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन्।
विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ। दशक अगाडि अञ्जुको गायक मनोजराज सँग डिभोर्स भएको थियो। उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन्।भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार