२०७८ जेष्ठ १ गते शनिवार

घोराहीमा व्यवसायीलाई कर शिक्षाको प्रशिक्षण



१२ फागुन,घोराही ।
दाङ जिल्ला उद्योग बाणिज्य संघले व्यवसाय सञ्चालनका लागि उद्योगी तथा व्यवसायीहरुलाई करदाता शिक्षा कार्यक्रम गरेको छ । संघको आयोजना र आन्तरीक राजस्व कार्यालय तुलसीपुरको समन्वयमा घोराही क्षेत्रका उद्योगि एवं व्यवसायीहरुलाई करका विषयमा अभिमुखिकरण गरेको हो ।

व्यवसाय सञ्चालन गरेपछि कर तिनु सबैको दायित्व भएको भन्दै रहरले कर तिरौ भन्ने नाराका साथ कर कार्यालयले करदाता शिक्षा कार्यक्रम चलाउदै आएको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कर शिक्षा कार्यक्रम गरिएको हो ।

नगर प्रमुख चौधरीले व्यवसाय सञ्चालन पछि राज्यले तोकेको कर तिर्नु व्यवसायको दायित्व भएको बताउनुभयो । आर्थिक, सामाजिक, भौतिक विकासको आधार नै व्यवसाय र उनिहरुले तिर्ने राजस्व भएको उहाँको भनाई छ ।

कार्यक्रममा प्रमुख कर अधिकृत गोपिकृष्ण कोइराला र कर अधिकृत नारायण रिजालले व्यवसाय सञ्चालन पूर्ब व्यवसाय दार्ता गर्नुपर्ने बताउनुभयो । सामान खरिद बिक्रिको अबस्थालाई चुस्त राख्नुपर्ने र राज्य तोकेका कर कानुनलाई अनिवार्य पालना गर्नुपर्ने व्यवसायीको दायित्व भएको उल्लेख गर्नुभयो ।

कर कार्यालयले व्यवसायीहरुलाई कर शिक्षा आबस्यक देखिएको र साविक राप्तीका जिल्लाहरुमा अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरिएको बताएको छ । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायण भुसालले खरिद र बिक्रि प्रकृयालाई चुस्त राख्नु पर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण संघका महासचिब महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्