२०७८ कार्तिक ९ गते मङ्गलवार

संसद पुनःस्थापनाको खुसियालीमा घोराहीमा ‘विजय जुलुस’



१२ फागुन,घोराही ।
प्रतिनिधिसभा पुर्नःस्थापनाको खुसियालीमा नेकपाको दाहाल–नेपाल समूहले दाङ सहित विभिन्न जिल्लामा ‘विजय जुलुस’ निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि उक्त समूहले आज घोराहीमा जुलुस निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै प्रचण्ड माधब समूहले संसद् पुनःस्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

जुलुसका सहभागीले ‘सर्वोच्च अदालत हाई–हाई, यो जित कस्को जनताको, जनताको एकता जिन्दावाद, नागरिक समाज धन्यवाद जस्ता नारा लगाएका छन् ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्