२०७८ जेष्ठ १ गते शनिवार

दाङ प्रहरीको सफलता, बाघको छाला सहित २ जना पक्राउ



१२ फागुन । बाघको छालासहित दाङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राति २ बजे तुलसीपुर ४ गोठी खोलाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सल्यानको बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा विकलाई आज दाङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

बाघको छालाको अबैध रुपमा ओसारपोसार गरी विक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाका अधारमा खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । उनिहरुको साथबाट पुच्छरको भागदेखी टाउको सम्मको लम्बाई ४ फिट ५ ईन्च रहेको बाघको छाला १ थान बरामद गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै उनिहरुको साथबाट ३ वटा मोबाईल र रा .४ प .८८४७ नंम्वरको पल्सर मोटरसाईकल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ । बाघको छालासहित पक्राउ परको उनिहरुलाई थप अनुसन्धानको जिल्ला वन कार्यालय पठाउने तयारी भईरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्