२०७८ कार्तिक ९ गते मङ्गलवार

सर्वोेच्चको फैसलापछि देउवाले यसो भने



११ फागुन,घोराही । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । उनले ट्वीट गर्दै सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका हुन् ।

उनले भनेका छन्, ” सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।”

 

उनले अगाडि भनेका छन्,” संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल । “

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्