२०७८ साउन १८ गते सोमवार

संसद पुनर्स्थापनापछि प्रचण्डको प्रतिक्रिया यस्तो



११ फागुन,काठमाडौं । संसद पुुनस्थापना गर्ने सर्वोच्चको निर्णयबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् ।

त्यसबारे खुसी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सहमतिबाटै अगाडि बढ्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै तत्काल सहकार्य नहुने बताएका छन् ।

बुधवार (भोलि)चितवनमा हुने सभालाई सम्बोधन गर्न प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुुमार नेपाल चिवतनमा रहेका छन् ।

संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने सहभागि नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्