२०७८ जेष्ठ १ गते शनिवार

दाङमा ७ हजार ६ सयले कोरोना बिरुद्धको खोप लगाए



१० फागुन,घोराही।
दाङमा साढे सात हजार बढी व्यक्तिहरुले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । पहिलो र दोस्रो गरी दुई चरणमा सरकारले तोकेका ७ हजार ६ सय ७१ जना व्यक्तिहरुले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

जस अनुसार कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा खटिएका एक हजार ४ सय ११ जना स्वास्थ्यकर्मी, एक हजार ४ सय ३५ जना स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, ६ सय ५२ जना महिला स्वास्थ्य स्वयम सेविका र ६० जना सरसफाईकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी, शब व्यवस्थापनमा खटिएका २ सय १० जना सुरक्षाकर्मी, ५२ जना एम्बुलेन्स तथा शब बहानका चालक, ७४ जना जेष्ठ नागरिक र उनिहरुका हेरालुलाई पनि खोप लगाईएको छ ।

यसैगरी, ७ सय ९ जना कैदिबन्दी, एक सय २२ जना कैदिबन्दी सहित उनिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी, २ सय ३७ जना जनप्रतिनिधी, ६ सय ९३ जना नेपाल प्रहरी र ३ सय ४० जना सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ६ सय ४९ जना निजामती कर्मचारी, ५ सय १४ जना स्थानिय तहका कर्मचारी, ७ सय ८७ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी, २ सय ३९ जना प्राधिकरण एवं संस्थानका कर्मचारी, एक सय ८ जना न्याय सेवाका कर्मचारी, एक सय ७३ जना पत्रकार र २० जना अन्यले खोप लगाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, प्रादेशिक अस्पताल तुलसीपुर र लमही अस्पतालबाट कोरोना बिरुद्धको खोप लगाउने काम भैरहेको छ । दाङमा सरकारले ६ हजार ५ सय ९३ खोप पठाएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्