२०७८ साउन १९ गते मङ्गलवार

फेसबुक चलाउँदा यसरी जोगाउनुहोस् आफ्नो मोबाइल डेटा



सामाजिक सञ्जालमा सक्रिय रहने हरेक प्रयोगकर्ताले पमहसुस गरेकै हुनुपर्छ, फेसबुक खोल्ने वित्तिकै भिडियोहरु आफै प्ले हुन थाल्छन् । यस्ता भिडियोहरु कुनै कुनै त रोचक नै लाग्छन् ।

कुनै भने वाक्क लाग्ने किसिमका पनि हुन्छन् । फेरी फिक्स्ड लाइन ब्रोडब्याण्ड तथा वाईफाईको कनेक्सनमा हुनुहुन्छ भने एउटा कुरा, नत्र मोबाइल डेटाबाट इन्टरनेट चलाउनुहुन्छ भने त यस्ता अटो प्ले हुने भिडियोले डेटाको सत्यानाश नै गरिरहेका हुन्छन् ।

फेसबुकमा भिडियोलाई यसरी अटो प्ले हुनबाट सजिलै रोक्न सकिन्छ । आज हामी तपाईंलाई त्यसको तरिका बताउँदै छौं । फेसबुक वेब एप आफ्नो फेसबुकको माथी दायाँ कुनामा रहेको तलतर्फ फर्किएको एरोमा जानुहोस् ।

अब त्यसमा रहेको सेटिङ एण्ड प्राइभेसीलाई छनौट गर्नुहोस् स्क्रोल गर्नुहोस् र अन्तिममा रहेको भिडियोज लेखिएको स्थानमा क्लिक गर्नुहोस् । अब त्यसमा तपाईंले अटोप्लेइङ भिडियोको अप्सन देख्नुहुनेछ । त्यहाँबाट यसलाई बन्द गर्नुहोस् ।

फेसबुकको मोबाइल एपमा आफ्नो फेसबुकको दायाँतर्फ तीन वटा धर्षा भएको मेनुमा जानुहोस् । अब त्यसमा तल रहेको सेटिङ एण्ड प्राइभेसीलाई छनौट गर्नुहोस् । त्यसमा दिइएको डेटा सेभरमा जानुहोस् अब त्यसमा रहेको डेटा सेभर बटनलाई अन गरिदिनुहोस् ।

यसले भिडियोको अटो प्ले बन्द गरिदिनुका साथै डेटा खपत कम गर्न तस्वीरको आकारलाई समेत घटाइदिनेछ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस्