२०७९ जेष्ठ ८ गते आइतवार

ईप्रका तुलसीपुरको हिरासतमा रहेका एक व्यक्तिको मृत्यु



९ फागुन,घोराही ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एकब्यक्तिको मृत्यु भएको छ । हिरासतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ पातिहाल्ना निवासी ४५ बर्षीय नन्दलाल ओलीको मृत्यु भएको हो ।

हिजो राति पक्राउ परेका ओली आज बिहान २ बजेतिर विरामी परेपछि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो । उहाँको आज विहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहले जानकारी दिनुुभयो ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कुटपिट गरेको उजुरी परेपछि उहाँलाई हिजो राति ११ बजेतिर पक्राउ गरिएको थियो । उहाँ २०५९ सालदेखि कान्छी श्रीमतिसंग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आउनुुभएको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्