२०७८ साउन १३ गते बुधवार

दाङमा दश वटा झोलुङगे पुल बन्दै



९ फागुन,घोराही ।
दाङमा चालु आर्थिक वर्ष २०७७/०७८ मा दश वटा झोलुङगे पुल निमार्ण हुने भएका छन् । अहिले दश वटै स्थानमा झोलुङगे पुल निमार्ण प्रक्रिया अघि बढेको छ । तुलसीपुरमा रहेको सेवा प्रतिष्ठान नेपालले जिल्लामा निमार्ण हुन लागेको झोलुङगे पुलको प्राविधिक काम गरीरहेको बताईएको छ ।

प्रदेश सरकारको ८५ प्रतिशत स्थानिय तहको १३ प्रतिशत र स्थानियबासीको २ प्रतिशत लगानीमा ती स्थानमा झोलुङगे पुल निमार्ण हुने भएको हो । घोराही ३ को बर्सेवा घाटखोला र वडा नम्बर ६ को झमझमे सोतामा झोलुङगे पुल निमार्ण हुने भएको छ ।

यस्तैगरी तुलसीपुर उपमहानगरपालिकाको पातुखोला र वडा नम्बर १४ को भोजपुर घाटमा पनि झोलुङगे पुल निमार्णको काम अघि बढाईएको ईन्जिनियर दिपेश गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार लमही ९ को जलकुण्डी, गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, दंगीशरण ३, राजपुर ७ को रातपोर्न र बंगलाचुलीमा दुई वटा झोलुङगे पुल निमार्ण हुने भनिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्