२०७८ साउन १८ गते सोमवार

आइतबार तोलामा ८०० ले बढ्यो सुन



९ फागुन , दाङ ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ८०० रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला ८८ हजार २०० रुपैंयामा कारोबारमा भएको सुनको मुल्य आज तोलामा ८०० रुपैंयाले बढेर ८९ हजारमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य ८८ हजार ५५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि २५ रुपैंया बढेर प्रतितोला १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १३ सय ५ रुपैंयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्