२०७८ कार्तिक १ गते सोमवार

प्रदेश १ काे प्रदेशसभा बैठक आज, तर सत्ता पक्षले नै अवराेध गर्ने तयारी



९ फागुन, विराटनगर । पटकपटक अवरूद्ध हुँदै आएको प्रदेश-१ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । तर मुख्यमन्त्रीमाथि अविश्वास प्रस्ताव लाग्ने डरले सरकार पक्षका सांसदले नै बैठक अवरोध गर्ने भएका छन् ।

प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । तर बैठकमा नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गर्ने तयारी रहेको र त्यसलाइ छल्न सत्तारुढ नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेको बुझिउको छ ।

 

यसअघि गत माघ २५ गतेको बैठकमा पनि अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेकाले बैठक स्थगति भएको थियो । प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानुभन्दा सत्ता पक्षका सांसदले बैठक नै गरेर अल्झाइराख्ने रणनीति लिएका छन् । यसले गर्दा आजको बैठक पनि स्थगित हुने वा तनावपूर्ण हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्