२०७८ भाद्र ३१ गते बिहिवार

शर्माद्धारा जन्मदिनको अवसरमा विद्यालयलाई सामाग्री सहयोग



८ फागुन,घोराही ।
शहरी स्वास्थ्य केन्द्र घोराही १३ भ्यूडरमा कार्यरत स्वास्थ्यकर्मी कविता शर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको छ । घोराही १३ बराहक्षेत्र माध्ययमिक विद्यालयलाई मास्क, सेनिटाईजर तथा प्रथामिक उपचारका लागी आवश्यक पर्ने विभिन्न औषधीहरु सहयोग गर्नुभएको हो ।

जन्मदिनलाई समाजसेवासँग जोडेर मनाउने उद्धेश्यका साथ आफुले विद्यालयमा सहयोग सामाग्री हस्तान्तरण गरेको शर्माले बताउनुभयो । विद्यार्थीलाई कुनै पनि समयमा अकस्मात देखा पर्ने स्वास्थ्य समस्यालाई समाधान गर्न प्राथमिक उपचारमा सहजता होस् भन्ने उद्धेश्यका साथ उपचार सामाग्री सहयोग गरेको बताउनु भयो । शर्माले विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी र शिक्षिका कमला लमसाललाई सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्