२०७८ कार्तिक १ गते सोमवार

बबईका १० जनालाई बाख्रा बितरण



७ फागुन,हापुरे । बबई गाउँपालिकामा १३ जना अपांग ब्यक्ति ब्यक्तिलाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । आइएनफको सहयोगमा स्वास्थ्य सामग्री बितरण गरिएको हो । हापुरेमा औपचारिक कार्यक्रम गरी उनीहरुलाई सामग्री बितरण गरिएको हो ।

प्रतिब्यक्ति ६ हजारका दरले स्वास्थ्य सामग्री बितरण गरिएको आइएनफका कृष्ण वलीले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल र उपाध्यक्ष साबित्रा बिश्वकर्माले सामग्री बितरण गर्नुभएको हो ।

यस्तै आइएनफले बबईका १० जनालाई बाख्रा बितरण गरेको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका परिवारका सदस्यलाई बाख्रा बितरण गरिएको हो । शान्तिनगर र बबईका गरी २० परिवारलाई बाख्रा बितरण गरिएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्