२०७८ साउन १३ गते बुधवार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



७ फागुन , रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको हो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्