२०७८ जेष्ठ १ गते शनिवार

दाङमा एक कोरोना संक्रमितको मृत्यु



६ फागुन,दाङ।
दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ निवासी ४५ बर्षिय पुरुषको बुटवलमा निधन भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिुभएको छ ।

उनलाई गएको पुष २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखा परे संगै उनको कोभिड अस्पताल नेपालगन्जमा भेन्टिलेटरमा उपचार भईरहेको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी बाँकेबाट काठमाण्डौ लैजादै गर्दा बुटवलमै निधन भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो । यो संगै तुलसीपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्