२०७८ भाद्र ३१ गते बिहिवार

सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु



६ फागुन,दाङ ।
सल्यानमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । शारदा नगरपालिका ६, कौछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट खसेर मृत्यु भएको हो ।

बाख्रासँगै घाँस बोकेर घर फर्किने बेला घर नजिकैको भालुखोला भन्ने भीरबाट खसेर तोलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाटोबाट झण्डै १ सय ५० मिटर तल खसेको अवस्थामा उहाँको शव फेला परेको थियो । पोष्टमार्टमका लागि तोलीको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्