२०७८ साउन १८ गते सोमवार

आज सुनको मूल्य ६ सयले घट्यो



६,फागुन दाङ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला प्रतितोला ८८ हजार ७५० रुपैयाँमा खरीद विक्री भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो । यसैगरी, बिहीवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३३५ खरीद विक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्