२०७८ बैशाख ९ गते बिहिवार

प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाए अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ



६ फागुन , काठमाडौं । आफूविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्चमा उपस्थित भएका छन् । बिहीवार दिउँसो अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफसहित उपस्थित हुन आग्रह गरेको थियो ।त्यस्तै आदेशअनुसार प्रधानमन्त्री ओली आफै लिखित जवाफ लिएर उपस्थित भएका हुन् ।

लिखित जवाफ सर्वोच्चमा बुझाएर प्रधानमन्त्री ओली केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्