२०७८ साउन १८ गते सोमवार

किवानिज क्लवले हात्तीढुङ्गा सडक मर्मत एवं ग्राविल गर्दै



६ फागुन,तुलसीपुर

एउटा अचम्मको ढुङगा जसले पर्यटनको आकर्षक बोकेको छ । टाढाबाट हेर्दा शिवलिङग जस्तो देखिने र कतिपयले शिवलिङगनै मानेर पुजा पनि गर्ने गरेको पाईन्छ । कसैले यसलाई हात्तीढुङ्गा भन्छन भने कसैले यसलाई ठुलो ढुङगा भन्छन । तर स्थानिय तहले संरक्षणमा चासो नदिदा यो पर्यटकिय स्थल जिर्ण बन्दै गएको छ । कतिपयलाई लाग्न सक्छ यो काल्पनिक दृष्य हो । तर त्यसो नभई यो दृष्य तुलसिपुर उपमहानगरपालिका वडा नं १४मा अबस्थित ड्वाङपुर भन्ने ठाँउमा रहेको हात्ति ढुङगा हो । त्यस ठाँउका मानिसले यसलाई हात्ति ढुङगाको नामले चिन्ने गर्दछन ।

प्राकृतिक बनोट संगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ । परापुर्वकालमा पाँच पाण्डवहरु त्यस ठाँउमा आई एक रात बास बसेको भन्ने किङबदन्ति रहेको हात्तिढुङ्गा संरक्षण समितिको भनाई छ । हात्ति ढुङगा संरक्षणको लागि पनि समितिले काम गरीरहेको छ । प्राकृतिक रुपमा बनेको यो स्थानको बारेमा धेरैलाई थाहानै छैन । लगभग ५०/६० बर्ष पहिले देखिनै यो दृष्य जस्ताको तस्तै छ । पहिलेको तुलनामा अहिले वरीपरीको दृष्य परीवर्तन भएको छ भने यो बिचमा रहेको ठुलो ढुङगाको संरचना भने फेरीएको छैन । त्यहाँ आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी यत्रो ढुङगा कसरी अडिएको छ भन्ने कुराको चासो ब्यक्त गर्दै यसको संरक्षनमा सबैले जोड दिए मात्र यसले पर्यटकिय स्थान पाउने पनि स्थनिय पर्यटकको भनाई छ । यो स्थान अवलोकन गर्न बिभिन्न जिल्लाबाट आन्तरीक पर्यटकहरु आउने गर्दछन । यता स्थानिय किवानिज क्लव अफ राप्तीको पहलमा थोरै भएपनि बाटो निर्माण भएपछि पर्यटकहरुलाई त्यस ठाँउमा आउन सहजभएको छ ।

पर्यटकिय केन्द्रका रुपमा परिचित हात्ती ढुंगा हेर्न दैनिक सयौँ आन्तरिक पर्यटकहरु जाने गरेको भएता पनि त्यहाँ सम्म पुग्नका लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु परेको थियो । मंगलबार अध्यक्ष पोख्रेलको नेतृत्वमा, संसद कोमल वली, वडा अध्यक्ष पशुराम चौधरी, स्वामी केशव आचार्य, क्बलका संरक्षक जागेश्वरी वली, कार्यपालिका सदस्य जानका रेग्मी, पत्रकारसहितका टोली त्यहाँ पुगेको थियो । त्यहाँ जाने पर्यटकहरुले सडक, खानेपानीलगायतको समस्या रहेको गुनासो गरेपछि आफुहरुले सडक मर्मत तथा खानेपानीको व्यवस्था गर्न लागेको किवानिज क्लबका अध्यक्ष बिमल पोख्रेलले बताउनुभयो ।

गत बर्षबाट बजेट खर्च गरी केहि संरक्षणमा लागेको भएपनि भने जसरी संरक्षण र बिकाश गर्न नसकेको स्थानिय तहले स्विकार गरेका छन । संरक्षण नहुदा जिर्ण बन्दै जान थाले पनि अव संरक्षणको पहलकदमि थाल्ले बताएका छन । प्राकृतिक रुपमा भरीपुर्ण यो ठाँउलाई संरक्षण गरेर प्रचार प्रशार गर्न सके यो ठाँउ पर्यटकिय स्थलको रुपमा बिकाश गर्न सकिन्छ । यसको बिकाशका लागि पर्यटन बोर्ड तथा स्थानिय सरकारले ध्यान दिन आबस्यक देखिन्छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्