२०७८ बैशाख १० गते शुक्रवार

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन सुरु



५ फागुन, दाङ । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाण्डौमा सुरु भएको छ ।

अधिवेशनको काठमाण्डौको राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो । महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति रहेको छ । उद्घाटन सत्रपछि आजै बन्द सत्र सुरु हुनेछ ।

बन्द सत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघले विधान संशोधन गरेर केन्द्रीय समितिको लागि पनि सबै सदस्यले मतदान गर्न पाउने व्यवस्था लागेको छ ।

अहिलेसम्म हरेक शाखाले पार्षद चुन्ने र पार्षदले मात्रै केन्द्रीय समितिको लागि मतदान गर्ने व्यवस्था रहेकोमा यसलाई परिवर्तन गर्न लागेको हो । महासंघले नयाँ नेतृत्वका लागि अबको एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ ।

यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्