२०७८ बैशाख १० गते शुक्रवार

दीपक श्रेष्ठको ‘घिन्ताङ्ग’ मा अन्तर्जातिय प्रेम कथा



५ फागुन ।  वसन्त पञ्चमीको दिन शुभ मुहुर्त गरिएको नयाँ नेपाली फिल्म ‘घिन्ताङ्ग’ मा अन्तर्जातिय प्रेमलाई मुख्य विषयवस्तु बनाइने भएको छ ।

निर्देशक दीपक श्रेष्ठले निर्माण तथा निर्देशन गर्ने उक्त फिल्मको मंगलबार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहुर्त गरिएको छ ।

यही शुक्रबारदेखि छायांकनमा जाने उक्त फिल्ममा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिने बताइएको छ ।
श्रीमतीको निधनपछि विधुर भएका दलित समुदायका धने गौरव पहारी र श्रीमान् को निधनपछि विधवा भएकी बाहुन समुदायकी लक्ष्मी वर्देवा बीचको प्रेम सम्बन्धको कथालाई फिल्मले वाचन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।

निर्देशक दीपक श्रेष्ठ यही फिल्ममार्फत करिव सात वर्षपछि निर्देशनमा पुनरागमन गर्दैछन् ।

यो फिल्ममा चौतारीमा मादल बजाएर जीविकोपार्जन गर्ने धने र ब्राम्हमण परिवारकी लक्ष्मीको प्रेम कथालाई प्रस्तुत गरिनेछ ।

फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ र ४ जना बालकलाकारको अभिनय रहने समेत निर्देशक श्रेष्ठले बताएका छन् ।

घिन्ताङ्गको कथा साहित्यकार मन्दिरा मञ्जुश्रीले लेखेकी हुन् ।

मञ्जुश्रीले यो कथालाई एक सञ्चार माध्यममा मासुको मूल्य शिर्षकमा प्रकाशित गरेकी थिइन् ।

दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकारको जिम्मेवारी सम्हाल्दै छन् भने प्रोडक्सन डिजाइनरको रुपमा पुष्कर लामा रहेका छन् ।

अभिनेत्री लक्ष्मी बर्देवाले फिल्मको स्क्रिप्ट पढ्दा नै आफू फिल्म गर्न उत्साहित भएको बताएकी छिन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्