२०७८ जेष्ठ ३ गते सोमवार

बुधबार सुनको मुल्यमा गिरावट



५ फागुन । बुधबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्