२०७८ भाद्र ३१ गते बिहिवार

प्रधानमन्त्रीले सार्वजनिक गरेको तीन वर्षको उपलब्धिमा स्वास्थ्यका के-के विषय परे?



४ फागुन,काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन्। सरकारको सुझबुझले कोरोना महामारीले देशलाई आर्थिक मन्दीको चपेटामा नपारेको उनले दाबी गरेका छन्।

तीन वर्षको उपलब्धिमा स्वास्थ्य क्षेत्रको विषय प्रधानमन्त्री ओलीले धेरै बुँदा कोरोना नियन्त्रणका लागि गरेका प्रयासका विषय उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको २३ पृष्ठको उपलब्धिमा स्वास्थ्यका क्षेत्रमा भएका उपलब्धि ११ वटा राखिएको छ। जसमा धेरै कुरा कोरोनासँग जोडिएका छन्।

यी हुन् प्रधानमन्त्रीको उपलब्धिमा परेका स्वास्थ्यका विषय
गत बर्षको यही समयदेखि हामीले अकल्पनीय महामारी कोभिड–१९को आतङ्क झेल्नु प¥यो। विश्वलाई नै हल्लाएको यस महामारीले हाम्रो मात्र होइन, विकसित मुलुकहरुकै जनस्वास्थ्य सेवाको उपलब्धता र व्यवस्थापकीय क्षमतामाथि पनि गम्भीर प्रश्न खडा ग¥यो। हामीले गत बर्षको चैतको शुरुदेखि नै बन्दाबन्दी गरी कोभिड–१९ महामारी नियन्त्रणको प्रयास थाल्यौँ। हामी मात्रै होइन, यस महामारीसँग सिंगो विश्व नै अनभिज्ञ थियो। हामी पनि यसबारे जान्दै बुभ्mदै थियौँ। सरकारले जेजस्ता प्रयास गरिरहेको थियो ती गलत थिएनन्। पहिलोपल्ट पीसीआर परीक्षण गर्न मुलुकमा उपलब्ध प्रविधि पर्याप्त थिएन, पहिलो केसको पीसीआर परीक्षण गर्न संकलित स्वाबलाई विदेश पठाउनु परेको थियो। स्वास्थ्य सामग्री, पहिचान, परीक्षण र उपचारका वास्तविकतासँग मेल नखाने अनेकौं हल्लाहरु ब्याप्त थिए। ‘अति भो’ भन्दै आन्दोलन गर्छु भन्नेहरुले गरेको माग– ‘सतप्रतिशत पीसीआर टेष्ट’ कति अव्यवहारिक र अनावश्यक थियो भन्ने कुरा अहिले हामी सबै बुझ्दैछौँ।
– अहिले २१ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ, आवश्यकता अनुरुप यो परीक्षण जारी रहनेछ।
– अहिले पीसीआर परीक्षण ल्याब शून्यबाट ८३ पुगेको छ। ल्याबलाई चाहिने सामान र पीपीई पर्याप्त मात्रामा उपलब्ध छ।
– माघ महीनाको अन्त्यसम्मको प्रतिवेदन अनुसार संक्रमित संख्या २७२,५५७ छ। यो संक्रमण दर कूल जनसंख्याको १ प्रतिशतभन्दा कम रहेको छ। निको हुने दर ९८.६ प्रतिशत छ। कोभिड–१९ को मृत्युदर करिब १ प्रतिशत छ। सरकारले कोभिड–१९ बिरुद्धको उपचार निःशुल्क गर्ने व्यवस्था मिलायो। मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढीको मृत्यु अस्पतालमा नै भएको छ।
– कोभिड–१९ का संक्रमितलाई आईसीयु र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुनसक्छ भनी छुट्याइएका थियौं। तर हामीले गरेकोतयारीको तुलनामा आईसीयु प्रयोग गर्ने र भेन्टिलेटरमा राख्नु पर्ने कोभिडका विरामीको संख्या निकै न्यून रहेको छ।
– अहिले हामी सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने चरणमा छौँ। विश्वमा कोभिड–१९ बिरुद्धको खोप लगाउन प्रारम्भ गरिएको एक डेढ महिनाभित्रै हामीले यो खोप लगाउन प्रारम्भ गरेका छौं। यसरी खोप अभियान शुरु गर्नेमा नेपाल, दक्षिण एशियामै दोस्रो मुलुक भएको छ। माघ ३० गतेसम्म खोप लगाउनेको संख्या १ लाख ८८ हजार ९८३ पुगेको छ।
– कोभिड– १९ ले हामीलाई पनि स्वास्थ्य संरचना र सरसफाइमा ध्यान दिन सचेत गरायो। त्यसैले, अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६,४९० शैयामा ३८.४ प्रतिशत (२,४९२) थप गरिएको छ। अस्पताल र स्वास्थ्यचौकीमा उपलब्ध कूल शैया ८,९८२ पुगेको छ।
– यस बर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास भयो। आगामी २ बर्षभित्र सम्पन्न हुने स्थानीय स्तरका यी अस्पतालमा थप ८,००० शैया उपलब्ध हुनेछन्।
– अर्को बर्ष थप २०४ स्थानीय स्तरका अस्पतालको निर्माण शुरू गरिनेछ।
– आईसीयु शैया ४००, भेन्टिलेटर सहितको शैया ३०० र उच्च निर्भरता (हाई डिपेनडेन्सी) का लागि २,००० शैया थपिएको छ।
– कोभिड–१९ को महामारीको सामना गर्ने क्रमसँगै केन्द्रमा ३०० बेड र सबै प्रदेशमा ५० बेडको संक्रामक रोग अस्पताल निर्माण गर्न प्रक्रिया प्रारम्भ गरिएको छ। स्वास्थ्यखबरबाट साभार

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्